Logo
२८ वैशाख २०८२, आईतबार

चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर

अक्षरपाटी
२०८१ कात्तिक १६ , शुक्रबार ०१:११ मा प्रकाशित

काठमाडौँ। चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।

कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्रलाई प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको ब्यहोरा निर्माण टिमले जानकारी गराएको छ ।

विन्ध्यवासिनी क्रियसन प्रालीको ब्यानरमा निर्मित चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गतेलाई तय गरिएको छ ।

नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ ।

निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।

हरर कमेडी जनराको चलचित्रको निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।