Logo
२८ वैशाख २०८२, आईतबार

फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक

अक्षरपाटी
२०८१ कात्तिक २३ , शुक्रबार ०३:११ मा प्रकाशित

काठमाडौँ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी मंसिर ७ मा प्रदर्शन हुने फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा अभिनेता कार्की बाबु र छोराको भूमिकामा देखिएका छन्।

फिल्ममा डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई प्रस्तुत गरिएको छ।निर्देशक घिमिरेकै लेखन रहेको फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायत विदेशी कलाकारको अभिनय छ।

फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन छ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी गरेको फिल्म वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको छ। फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्।