Logo
२७ चैत्र २०८१, बिहीबार

आज नेप्से ५१ अंकले घटेर २७०२ विन्दुमा झर्‍यो

अक्षरपाटी
२०८१ मंसीर ४ , मंगलबार ०३:११ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक घटेको छ। अघिल्लो दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएका नेप्से आज भने ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख ५ हजार ८२७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्से