Logo
८ माघ २०८२, बिहीबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

अक्षरपाटी
२०८२ मंसीर ८ , सोमबार ०३:११ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको हो।

यसदिन ३३० स्क्रिप्सको १ करोड ४२ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँमा खरिदबिक्री भए।

५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। झापा इनर्जीको सेयर १० प्रतिशत, सागर डिस्ट्रिलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको ९.९९ तथा श्रीनगरको सेयर ९.९८ प्रतिशत बढ्यो।

कारोबार रकमका आधारमा नेपाल लाइफ शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड ८१ लाख मूल्य बराबरको कारोबार भयो। यसदिन सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशत बढ्यो।

नेप्से