Logo
२४ मंसीर २०८१, सोमबार

रविलाई थप १५ दिन थुनामा राख्न अदालतको अनुमति

अक्षरपाटी
२०८१ मंसीर ९ , आईतबार ०३:११ मा प्रकाशित

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।

आइतबार न्यायाधीश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

रवि लामिछाने