काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न छेटौं पटक म्याद थप गरिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले आइतबार छैटौं पटक म्याद थपेको हो ।
उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो शनिबार परेकाले आइतबार अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौं पटक म्याद थप गरिएको हो ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। जिल्ला अदालत कास्कीले चार पटक म्याद थप गरेर बयान लिइसकेको छ भने बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा समेत उनलाई रुपन्देही लगेर बयान लिइएको थियो ।
रवि लामिछाने