




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।
आन्तरिक प्रस्थान तथा आगमन क्षेत्रमा सञ्चालन गरिएको सेवाबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज यात्रु तथा भारी सामान बोकेका यात्रु लाभान्वित हुने विमानस्थलले जनाएको छ।
ट्रली सेवाका नाममा कसैले रकम मागेमा वा सेवासम्बन्धी समस्या भएमा यात्रुहरूले ड्युटी अफिसरको नम्बर ०१–४११३२९९ मा सम्पर्क गर्न सक्नेछन्।
सेवा यात्रुको आवश्यकता र सुझावअनुसार थप सेवा विस्तार गरिने विमानस्थलले जनाएको छ।
त्रिभुवन विमानस्थल

