Logo
१२ पुस २०८१, शुक्रबार

सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढ्यो

अक्षरपाटी
२०८१ मंसीर २६ , बुधबार ११:१२ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २ हजार रूपैयाँले‍ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँमा सूनको मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।