Logo
२३ माघ २०८१, बुधबार

चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक, धुर्मुसको गेटअप चर्चामा

अक्षरपाटी
२०८१ माघ ११ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस) को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । यसका प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

‘लाज शरणम्’ १४ फागुनमा महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ ।

लाज शरणम्