Logo
२३ माघ २०८१, बुधबार

बैंकर बलदेव थापाको ‘जिन्दगीको दियो’ सार्वजनिक

अक्षरपाटी
२०८१ माघ १६ , बुधबार ०४:०१ मा प्रकाशित

कैलाली । बैंकर बलदेव थापाको गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर छ भने गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।

सफल बैंकरको छवि बनाएका थापाका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् ।

गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।