Logo
२७ चैत्र २०८१, बिहीबार

देशका पहाडी र हिमाली क्षेत्रमा रातिदेखि लगातार वर्षा

अक्षरपाटी
२०८१ फागुन १६ , शुक्रबार १०:०२ मा प्रकाशित

काठमाडौं । देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना रहेको छ। विभागले वर्षाको कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

वर्षाका कारण केही ठाउँको यातायातमा समेत अवरोध सिर्जना भएको र तापक्रम घटेसँगै चिसो बढेकाले चिसोबाट बच्न आग्रह गरिएको छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने छ।

जल तथा मौसम विज्ञान विभाग