Logo
२२ साउन २०८३, शुक्रबार

कहाँ कहाँ छ आज बाढीको जोखिम ?

अक्षरपाटी
२०८२ असोज १९ , आईतबार १०:१० मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, तमोर, अरूण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार बागमती र कमलामा नदीको बहाव घट्दो क्रममा रहेको छ।

आइतबार इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा

आकस्मिक बहावको उच्च सम्भावना रहेको पनि महाशाखाले जनाएको छ

डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पानी पार्ने प्रणाली पूर्वतिर सक्रिय छ। उक्त प्रणालीले आइतबार बेलुसम्म मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभाग

ट्रेन्डिङ ( साप्ताहिक )