काठमाडौं । नेप्से २१६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।
आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८.१९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
नेप्से