काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबारको कारोबारमा घटेको छ । सेयर बजार १६.९५ अंकले घटेको हो । योसँगै बजार मापक २६७७.१७ विन्दुमा कायम छ ।
यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।
विशालबजार कम्पनी, राधी विद्युत् कम्पनी, सयपत्री हाइड्रो, एनआरएन इन्फ्रास्ट्रचर कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङ्दी हाइड्रो, दोर्दीखोला, राष्ट्रिय वाणिज्य बैंकको म्युचअल फन्ड उच्च गुमाउने शीर्ष स्थानमा परे ।
घट्दो बजारमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६ लाख ७० हजार कित्ता सेयर ५६ हजार ५४८ पटकमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
समूहगत उपसूचकतर्फ व्यापार क्षेत्र ३.८० प्रतिशतले बढ्यो । बाँकी समूह सूचक राताम्य देखिए । सबैभन्दा बढी फाइनान्स समूह १.८४ प्रतिशतले घटेको छ ।
नेप्से