Logo
३२ असार २०८३, बिहीबार

स्ववियु चुनाव : १६ वर्षपछि त्रिचन्द्रमा नेविसंघका कोइराला निर्वाचित

अक्षरपाटी
२०८१ चैत्र २० , बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्।

खसेको २६७१ मतमध्ये कोइरालाले १२१५ ल्याए भने नेविस‍ंघकै वागी सागर न्यौपानेले ६८३ मत ल्याए। मोर्चाका प्रमित बिष्टले ४३१ प्राप्त गरे।

कोइरालाको विपक्षमा अन्य ७ दल निकट विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका थिए। २०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन। २०६५ सालमा पनि नेविसंघका तर्फबाट विनयराम भट्ट विजयी बनेका थिए।

स्ववियु चुनाव

ट्रेन्डिङ ( साप्ताहिक )