Logo
३ वैशाख २०८२, बुधबार

२७ अंकले बढ्यो नेप्से, ८ अर्ब माथिको कारोबार

अक्षरपाटी
२०८२ वैशाख २ , मंगलबार ०४:०४ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रिन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

आज बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.६९ प्रतिशतले घट्यो। ३२० स्क्रिप्सको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २ अर्ब १ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४२ करोड,राधी विद्युत कम्पनीको ३६ करोड,सीईडीबी होल्डिंक्सको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २१२ स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक घटेको हो।

नेप्से