काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइका दुवै तर्फको वकिलहरूले बहस सकाएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बहस सकिएका कारण आदेश आजै आउन सक्ने सम्भावना रहन्छ।
‘बहस सकिएको छ। आजै आदेश आउने सम्भावना रहन्छ,’ उनले भने।
बहस सकिएपछि न्यायाधीशहरूले दुवै तर्फबाट भएको बहसबारे छलफल गरेर आदेश लेख्छन्।
‘आदेश टाइप गर्न र त्यसको रूजु गर्न केही समय लाग्छ। तर शुक्रबार पनि अदालत ५ बजेसम्म खुल्ने भएका कारण आदेश आजै आउन सक्छ,’ प्रवक्ता कुइँकेलले भने।
रवि लामिछाने