Logo
८ असार २०८२, आईतबार

नेपाल बैंक लिमिटेडको २३०औँ शाखा धनगढीमा

अक्षरपाटी
२०८२ असार ८ , आईतबार ०५:०६ मा प्रकाशित

काठमाडौं। नेपाल बैंक लिमिटेडले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

उपमहानगरपालिका–२ चौराहमा आइतबार (२०८२/३/८ गते) देखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यससँगै मुलुकभर बैंकका शाखा संख्या २ सय ३० पुगेको छ।

आइतबार एक कार्यक्रमका बीच बैंकका सुदूरपश्चिम प्रादेशिक प्रमुख उमा नकर्मी र नयाँ शाखा प्रबन्धक मुकेश चन्दको उपस्थितिमा शाखा सञ्चालनमा ल्याइएको हो।

आइतबारदेखि नै पूर्ण रुपमा सञ्चालनमा आएको उक्त नयाँ शाखाबाट बैंकसम्बन्धी सबै किसिमका सेवा उपलब्ध गराइने शाखा प्रमुख चन्दले जानकारी दिए।