धनगढी । एनएमबी बैंक लिमिटेड, चौराहा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत इस्कन मन्दिर, धनगढीमा तातो तथा चिसो पानीको सुविधा सहितको पानी शुद्धीकरण प्लान्ट स्थापना गरेको छ।
करिब १ लाख २० हजार रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको उक्त प्लान्ट इस्कन मन्दिरमा आउने भक्तजनहरूको सुविधा र स्वास्थ्यका लागि समर्पित गरिएको हो।
धनगढीमा रहेको इस्कन मन्दिरले श्रीकृष्ण भगवानका बारेमा चेतनाको प्रचार–प्रसारमा भूमिका खेल्दै आएको छ। भक्तजनहरूको सेवा अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको उक्त शुद्धीकरण प्लान्ट इस्कन परिवारलाई एक कार्यक्रमको आयोजना गरेर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा एनएमबी बैंकका वरिष्ठ ऋण जोखिम प्रबन्धक रमेशराज भट्ट, क्षेत्रीय प्रबन्धक प्रभुदत्त ढकाल, शाखा प्रबन्धक गोकर्णबहादुर कार्की, तथा व्यवसाय विकास प्रबन्धक रानु तिवारीको उपस्थिति रहेको थियो।
एनएमबी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र सामुदायिक सेवामा सक्रिय योगदान दिँदै आएको छ। यस प्रकारका प्रयासहरू मार्फत बैंकले सामाजिक रुपान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।