Logo
२६ असार २०८२, बिहीबार

भोटेकोसीमा बेपत्तामध्ये ५ को शव, ४ वटा मानव अंग भेटियो, खोजी जारी

अक्षरपाटी
२०८२ असार २६ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं। २४ असारमा अचानक रसुवागढीस्थित भेटेकोसी नदीमा आएको बाढीमा २० जना बेपत्ता भए।

बेपत्तामध्ये प्रहरीसहित ५ जनाको शव र चार मानव अंग फेला परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत हुन सकेको छ।

श्रेष्ठसहित हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको जनाइएको छ।

सबै शव तथा मानव अंग काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। डीएनए परीक्षण गरेर पत्ता परिचय पत्ता लगाइने छ।

बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन नसकेको सकेत प्रशासनले जनाएको छ। बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्।

बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी कार्य जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताए।

बाढीको विपत्ति भाेटेकोसी मानव अंग फेला