काठमाडौं। प्राय वाणिज्य बैंकहरुले असार सकिएसँगै साउन महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन्।
साउन १ गतेदेखि लागू हुनेगरी बैंकहरुले बुधबार नै नयाँ ब्याजदर निर्धारण गरिसकेका हुन्।
कृषि विकास बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.४० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर तोकेको छ।
नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.४० प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेको छ।
त्यस्तै एभरेष्ट बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.२ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ।
कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.६१ प्रतिशत र संस्थागततर्फ ४।०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ५.३५ प्रतिशत र संस्थागततर्फ ४.३५ प्रतिशत ब्याजदर मुद्दती निक्षेपमा कायम गरेको छ।
लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ।
त्यस्तै हिमालयन बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
नयाँ ब्याजदर