काठमाडौं । भदौ ६ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले छोटो समयमा १२ लाखभन्दा धेरै दर्शक पाएको छ।
युट्युबमा टिजर हेर्ने दर्शकहरुले कमेन्टमा टिजर राम्रो रहेको प्रतिक्रिया लेखेका छन्।
‘फिल्म राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्णविश्वास लागेको छ। जनै हराएको मान्छे सुपरडुपर हिट होस् । सुभेक्षा अनि शुभकामना’ टिजर हेरेर कबिन्द्र श्रेष्ठ नाम गरेका दर्शकले कमेन्टमा लेखेका छन् ।
‘यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने चलचित्र बनाए पो चल्छ त । सम्पूर्ण टीमलाई शुभकामना,’ मोहित सिरपाइली नाम गरेका अर्का दर्शकले कमेन्ट गरेका छन् ।
धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तब्य बनेको कोरियोको कथा टिजरमा उठान गरेको दर्शकले मन पराएका हुन् ।
विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन्।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।
कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
चलचित्र जनै हराएको मान्छे : सम्बन्धका धागाहरु विजय बराल