Logo
२२ असार २०८३, सोमबार

भदौ ६ गतेदेखि ‘जनै हराएको मान्छे…’

अक्षरपाटी
२०८२ साउन २७ , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । चलचित्रको मुख्य भूमिकामा विजय बराल छन् ।

विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको तारिफ भएको थियो ।

यो चलचित्रले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो ।

गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै भावानात्मक सम्बन्ध र अनुभवी पात्र भएकाले विजयको अघिल्लो चलचित्रलाई जस्तै दर्शकले जनै हराएको मान्छेः सम्बन्धका धागाहरुलाई पनि मन पराउने अभिनेता विजय बरालको विश्वास छ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रको असोसिएट निर्देशकमा अभिनेता मनिष राउत छन् ।

चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

जनै हराएको मान्छे: सम्बन्धका धागाहरू विजय बराल