सामाजिक सुरक्षा कोषद्वारा ब्याज वितरण

अक्षरपाटी
२०८२ साउन २ , बिहीबार ०२:०७ मा प्रकाशित

काठमाडौं। सामाजिक सुरक्षा कोषले चैतयता २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ ब्याज वितरण गरेको छ।

कोषले २३ लाख ७९ हजार ५ सय ८५ जनाको वृद्धअवस्था सुरक्षा योजनामार्फत चैतयता सो ब्याज वितरण गरेको हो।

वृद्धअवस्था सुरक्षा योजनामा २०८१/८२ मा जम्मा भएको योगदान रकमको कोषले चैतयता ५ प्रतिशत ब्याजदर दिँदै आएअनुसार सो रकम वितरण गरिएको कोषका सूचना अधिकारी रोशन कोजुले जनाएका छन्।

‘योगदानकर्ताको योगदानको रकमले जम्मा भएको मितिबाट आर्थिक वर्षको मसान्तसम्ममा कमाएको ब्याजबापतको रकम २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८ सय २८ रुपैयाँ वितरण गरिएको हो,’ उनले भने।

ब्याज वितरण सामाजिक सुरक्षा कोष