Logo
१८ भदौ २०८२, बुधबार

महिलालाई लक्षित गर्दै नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’

अक्षरपाटी
२०८२ साउन १ , बिहीबार ०५:०७ मा प्रकाशित

काठमाडौं। नबिल बैंकले ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ।

वार्षिकोत्सवकै अवसरमा महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ।

नबिल बैंकले घरजग्गामा महिलाको स्वामित्व बढाउने उद्देश्यले यो योजना ल्याएको बताएको छ।

महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन पनि यो योजना सहयोगी हुने बैंकको भनाइ छ।

योजनाअनुसार महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो हुने बैंकको भनाइ छ।

त्यस्तै सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सकिने विशेषता समेत रहेको बैंकले दाबी गरेको छ।

योजनाअन्तर्गत न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने छ।

पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा दिने व्यवस्था बैंकले गरेको छ।

बैंकका अनुसार अधिकतम ३५ वर्षे अवधि र कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा पाइनेछ।

योजना अनुरुप ग्राहकले आफूलाई सहज हुने गरी कर्जाको किस्ता रकम छान्न सक्नेछन् । कुनै पूर्वभुक्तानी शुल्क नलाग्ने बैंकको भनाइ छ।

योजनामार्फत कर्जा लिन महिलाले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ दुई लाख रुपैयाँसम्मको सुविधा लिन पाउने छन्।

बैंकको उक्त योजना देशभरका शाखामार्फत कार्यान्वयनमा ल्याएको जनाएको छ।

नबिल बैंक स्मार्ट नारी घर कर्जा