तेस्रो मुलुक निर्यात हुनथाल्यो नेपाली गलैँचा

अक्षरपाटी
२०८२ साउन ३ , शुक्रबार ०८:०७ मा प्रकाशित

पर्सा । नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थालेको छ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन निर्यात गर्न थालेको हो।

इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्ग मिटर गलैँचा सुक्खाबन्दरगाह हुँदै तेस्रो मुलुक पठाएको हो।

इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको जनाएका छन्।

यसअघि इन्डिस्ट्रिजले भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

“करिब एक करोड रुपैयाँ बराबरको गलैँचा तेस्रो मुलुक निर्यात गरिएको छ”, उनले भने ।

जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्ग मिटर उत्पादन गर्ने क्षमता छ ।

गलैँचा निर्यात