काठमाडौं। भरखरै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छन्।
आज प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सदस्यता नवीकरण भइसकेको दाबी गरेकी हुन्।
ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनको भनाइ थियो।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु।’
उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्ला एक्लै करिब डेढ घन्टा भेटवार्ता भएको थियो।
उनीहरुबीच पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ। यद्यपि, छलफलका अन्य विषय बाहिर आएको छैन ।
नेकपा एमाले विद्यादेवी भण्डारी