काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अन्नपूर्ण न्यूरो अस्पतालमा छुट पाउने भएका छन्।
बैंक र अस्पतालबीच भएको सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका हुन्।
दुई संस्थाबीच भएको सम्झौतामा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अन्नपूर्ण न्यूरो अस्पतालको सेवामा १० प्रतिशत छुट पाउनेछन्।
अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरु हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न शुल्कहरुमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने जनाइएको छ।
न्युरो तथा नशा रोगसम्बन्धी सेवाका लागि लोकप्रिय रहेको अन्नपूर्ण न्यूरो अस्पतालले अन्य विशेषज्ञ सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ।
अन्नपूर्ण न्यूरो अस्पताल ग्लोबल आइएमई बैंक