रुकुम । जंगली च्याउ खाएर बिरामी भएका दिदी-भाइको ज्यान गएको छ।
रुकुम पूर्वमा जंगली च्याउ खाँदा भूमे गाउँपालिका ५ सेराबाङका ३ वर्षीय योजन विक र ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको हो।
योजनको सल्यान जिल्ला अस्पतालमा हिँजो मंगलबार दिउँसो र भाग्यरेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई थप उपचारका लागि दाङ पठाइएको छ।
च्याउ खाएर बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
गत आइतबार एउटै परिवारका चार जनाले जंगली च्याउ खाएपछि बिरामी भएका थिए।
जंगली च्याउ मृत्यु रुकुम पूर्व