Logo
२० कात्तिक २०८२, बिहीबार

ज्योति विकास बैंकको नयाँ डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सुरु

अक्षरपाटी
२०८२ साउन १३ , मंगलबार ०४:०७ मा प्रकाशित

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर नवीनतम डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सुरु गरेको छ। यस सुविधामार्फत अब कुनै पनि बैंक वा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले ज्योति विकास बैंकको शाखाबाट नगद झिक्न सक्नेछन् – चाहे उनीहरूको खाता सो बैंकमा नरहेको भए पनि।

बैंकका अनुसार, सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपमार्फत टेलर डेस्कमा राखिएको क्युआर कोड स्क्यान गरेपछि सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्। यद्यपि, सेवा प्रयोग गर्दा ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

ज्योति विकास बैंकका प्रतिनिधिका अनुसार, यो सेवा विशेषगरी एटीएम वा आफ्नै बैंकको शाखा नपुगेको अवस्थामा एक प्रभावकारी र सुविधाजनक विकल्प बन्ने अपेक्षा गरिएको छ।

बैंकले डिजिटल पहुँच र ग्राहक सन्तुष्टिमा जोड दिँदै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी डिजिटल समाधानहरू ल्याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

यस कदमले डिजिटल बैंकिङ र टेलर सेवाबीचको दूरी घटाउने विश्वास बैंकले व्यक्त ग

ज्योति विकास बैंक