Logo
१९ भदौ २०८२, बिहीबार

काठमाडौंमा ठूलो स्वरले बोल्न र खाेक्न नपाइने !

अक्षरपाटी
२०८२ भदौ १९ , बिहीबार ११:०९ मा प्रकाशित

एकाबिहानै र अबेर साँझ कुकरको सिटी बजे पनि कारबाही

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।

यस अधियान अन्तर्गत अब ध्वानी प्रदूषण गर्न पाइने छैन । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने हल्ला चरम भइरहेका बेला प्रहरीले यता ध्वनी निस्कने काम गर्न नपाउने नियम ल्याएको हो।

अब ठूलो स्वरले बोल्नुभन्दा हेडफोन लगाएर कुरा गर्ने वा म्यासेजबाटै काम चलाउन प्रहरीले अनुरोध गरेको छ।

ध्वनी, धुवाँ र प्रदूषण मुक्त छिमेकी अभियानका नाममा प्रहरीले अब अबेरसम्म ठूलो स्वरमा गफगाफ गर्न नपाउने, नेपाली समाजमा बिहान बेलुका खाना पकाइने भए पनि एकाबिहानै र साँझ प्रेसर कुकरमा सिठी लगाउन नपाउने नियम ल्याएको हो।

यतिसम्म कि बिहानको नित्यकर्म गर्दा जोरले ख्याकखुक पनि गर्न नपाइने भएको छ। भान्सामा भाँडाकुँडा बजेर हल्ला भएका पनि जरिवानाको व्यवस्था गरिएको छ।

घरको गेट खोल्दा, बिहानै मोटर वा मोटरसाइकल स्टार्ट गर्दा पनि जरिवानामा परिनसक्ने नियम प्रहरीले सार्वजनिक गरेको छ।

रातीकोबेला सौचालको फ्लस गर्दा पनि छिमेकीले डिस्टर्ब भएको गुनासो गरेमा अब ३ लाखसम्म जरिमाना हुनसक्ने भएको छ।

धार्मिक वा साँस्कृतिक कार्यक्रममा हुने भजन, कृतन, गुम्बा, मस्जिद र चैत्यमा हुने ध्वनीमाथि पनि अब नियन्त्रढा गर्न प्रहरीले अपिल गरेको छ।

अब हामीले गर्दै आएका नित्य कामहरुमा छिमेकीलाई झिजाे लागेर प्रहरीमा उजुरी गरिदिएमा कारबाहीकाे भागीदार हुनुपर्ने प्रहरीले अपिलमा उल्लेख गरेकाे छ।

हेर्नुस:

ध्वनी प्रदूषण नेपाल प्रहरी