Logo
१८ कात्तिक २०८२, मंगलबार

कार्की प्रधानमन्त्री नियुक्त, ओमप्रकाश कानुन, कुलमान उर्जा र सुधन पनि मन्त्रि बन्ने सम्भावना

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं। संविधानको धारा ६१ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

युवा जेनजी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा ६१ अनुसार नियुक्त भएकी हुन्।

संविधानको धारा ६१ (१ र २) मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।

कार्कीको मन्त्रिपरिषदमा आजै अधिवक्ता ओमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग पक्का भएको छ। उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन्।

जसले प्रधानसेनापति र राष्ट्रपतिसँगको वार्तामा प्रमुख भूमिका खेलेका थिए।

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ पनि सम्भवतः उर्जामन्त्री बन्ने सम्भावना छ।

जेनजी प्रतिनिधि सुधन गुरूङको नाम मन्त्रीको सूचीमा अग्र चर्चामा छ।

ओमप्रकाश अर्याल कुलमान घिसिङ नयाँ मन्त्रिपण्डल सुधन गुरुङ सुशीला कार्की

ट्रेन्डिङ ( साप्ताहिक )