काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदैछ।
प्रत्येक वर्ष झैँ कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्ने गरिन्छ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।
भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ।
कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ।
हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नजिकको खाेला वा नदीमा सेलाउने गरिन्छ।
विश्वकर्मा पूजा