Logo
१८ कात्तिक २०८२, मंगलबार

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरीः एक्शनमा प्रहरी

अक्षरपाटी
२०८२ कात्तिक १८ , मंगलबार ०२:११ मा प्रकाशित

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जाहेरी दिएका हुन् । जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको बताएको छ । उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी हुँदा सर्वोच्च अदालतका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट हुनुका साथै अन्य ठूलो क्षति भएको थियो ।

ट्रेन्डिङ ( साप्ताहिक )