
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल तोकिएका छन्।
कात्तिक १९ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरी बैंकका कार्यकारी निर्देशक पौडेललाई उक्त जिम्मेवारी तोकिएको हो।
२०५९ सालदेखि बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था जियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागलगायतको अनुभव छ।
नेपाल राष्ट्र बैंक


