Logo
१९ पुस २०८२, शनिबार

चुरे गाउँपालिका काठ तस्करहरुको अखाडा बन्दै, सामुदायिक वनका नाममा विनास

अक्षरपाटी
२०८२ पुस १९ , शनिबार ११:०१ मा प्रकाशित

कैलाली। कैलालीको चुरे गाउँ पालिका प्राकृतिक सम्पदाका हिसावले सम्पन्न मात्र छैन, यो उत्तिकै संवेदनशील पनि छ।

लेकाली जडिबुटीदेखि औल क्षेत्रमा पाइने सखुववा र सालसम्म यहाँ पाइन्छ, त्यही भएर यो क्षेत्र वन तस्करहरुको निशाना बन्दै आएको छ।

कुनै समय पैदल मार्ग पनि कठिन भएको यस क्षेत्रमा हाल सडकका ट्याक खोलिएपछि वन तस्करहरु झन सलबलाउन थालेका हुन।

चुरे गाउँपालिकामा वन फँडानी तथा काठ तस्करीको घटना पुनः दोहोरिएको हो।

चुरे २ स्थित रानी भुकुडा क्षेत्रको झरना सामुदायिक वन भित्र २०० सयवटा चिरान गरेर राखिएको अवस्थामा सालका कडी, फन्टा तथा फ्रेम फेला परेको हो।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले हिँजो तीँ काठ बरामद गरेको छ।

तस्करहरूले वनभित्रै हरियो सालका रुख ढालेर हालसालै चिरान गरेर लुकाइराखेको अवस्थामा २०० क्युफिट काठ बरामद गरिएको वन अधिकृत ठाकुरले बताए।

‘प्रारम्भिक अनुगमनका क्रममा अधिकांश रुख हरियै अवस्थामा काटिएको पाइएको छ, जसले संगठित रूपमा वन विनाश भइरहेको संकेत गर्छ’, ठाकुरको अनुमान छ।

विशेष सुराकीका आधारमा डिभिजन वन कार्यालय धनगढीको टोलीले अवैध रूपमा काटेर चिरान गरिएको सालको काठ बरामद गरेको हो।

चुरे र आसपासका क्षेत्र काठ तस्करहरूको अखडा बन्दै गएको छ। यसअभि पनि चुरे क्षेत्रमा सामुदायिक वनको नाममा सग्लो सल्ला कटान गरेर वन कार्यालय समेतको मिलेमतोमा पैठारी गरिएको आशंका स्थानीयले गरेका थिए।

चुरे क्षेत्र पर्यावरणीय दृष्टिले संवेदनशील भएकाले यहाँ भइरहेको अवैध कटानीले भू–क्षय, पहिरो र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढ्दै गएको विज्ञहरूको चिन्ता छ।

वन प्रशासनले भने चुरे क्षेत्रमा गस्ती, निगरानी र आकस्मिक छापामार अभियान कडा बनाइएको बताएको छ।

काठ तस्करी चुरे गाउँपालिका

ट्रेन्डिङ ( साप्ताहिक )