
o दृष्या फुएल
भित्रनु के हो ?
मेरो अस्तित्व के ?
हातमा मेरा चुरा बज्दै बज्दैनन्
मलाई यो स्वर्ण कैद
महल उपहारमा
उपहास गरे दण्ड
मृत्यु मेरो मुक्ती !
जीवन जेलामा जिएर उम्कने आशा खोज्दै
गर्भमा रहेको मेरो पालुवामा तिम्रो अधिकार कसरी ?
तिम्रो अनुमतीले मेरो यौवन मौलाउने
हत्कडी लाएर मलाई
विलक्षण देवी को नाम दिने
परेवालाई पीडा दिएर प्रेमको संज्ञा
शहरी क्षय सधैं तथ्याङ्क
खोलामा मेरो लाश
जलिरहेकी म चमेली !
पति र पिता दुबै मेरा हत्यारा
मलाई नकार्ने समाज बाल्दै छ
मेरो नाममा मैनबत्ति
डुबाउँदै छ,
मेरो घर बाहिर पाइला राख्ने आशा
फेरि पनि गृह्लक्ष्मी भनेर मलाई सजाउ
फेरि पनि मलाई तिम्रो खेलौना बनाउ
म तिम्रो कठपुतली
कवितामा सराहना गरिएकी
यथार्थमा-‘हेर लक्ष्मण रेखा पार गरेकी !’



