Logo
२१ पुस २०८२, सोमबार

अनिवार्य काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल

अक्षरपाटी
२०८२ पुस १९ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन्।

‘डोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरु बढ्ने गरेका छन,’ उनले भने।

उनले चिसोका कारण देखिने समस्या भएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गरेका छन्। उनका अनुसार जाडोयाममा बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगी बढी जोखिम हुने गरेको छ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने बताए।

चिसाे

ट्रेन्डिङ ( साप्ताहिक )