Logo
२३ पुस २०८२, बुधबार

एमालेले प्रदेश संयोजनको जिम्मेवारी तोक्यो, सातै प्रदेशमा नेताहरू खटाइए

अक्षरपाटी
२०८२ पुस २२ , मंगलबार ०२:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा संगठन तथा निर्वाचनसम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रदेश संयोजनको जिम्मेवारी तोकेको छ।

पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेशगत संयोजनको जिम्मा विभिन्न नेताहरूलाई प्रदान गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार कोशी प्रदेशको संयोजनको जिम्मेवारी शेरधन राईलाई दिइएको छ। मधेस प्रदेशको संयोजन लीलानाथ श्रेष्ठ र बागमती प्रदेशको संयोजनको जिम्मा महेश बस्नेतलाई तोकिएको छ।

त्यस्तै, नवगठित राजधानी प्रदेशको संयोजनको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ। गण्डकी प्रदेशको संयोजन खगराज अधिकारी र कर्णाली प्रदेशको संयोजनको जिम्मा यामलाल कँडेलले पाएका छन्।

सुदूरपश्चिम प्रदेशको संयोजनको जिम्मेवारी गणेश ठगुन्नालाई दिइएको छ भने पार्टीको संगठन विभागको जिम्मा भानुभक्त ढकाललाई तोकिएको छ।

पार्टीले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई सुदृढ बनाउने उद्देश्यसहित प्रदेश संयोजनको जिम्मेवारी तोकेको जनाएको छ।

नेकपा एमाले