



काठमाडौं। यतिबेला राजधानी काठमाडौं कांग्रेसमय बनेको छ।
आजदेखि दुईदिनसम्म हुने दोस्रो विशेष महाधिवेशनका लागि देशभरबाट विशेष महाधिवेशनका लागि ६० प्रतिशत प्रतिनिधि राजधानी पुगिसकेको आयोजकले जनाएको छ।
३ हजारलाई त आवशकै सुविधा व्यवस्थापन गरिएको आयोजकहरुको भनाइ छ। राजधानी आएका प्रतिनिधि, सुभेच्छुक, कार्यकर्ता र नेताहरु विशेषगरि भृकुटीमण्डप, जमल, सुन्धारा, अनामनगर आसपास बसेका छन्।
हरेक चोक, चौतारा, चिया पसलसम्म कांग्रेस विशेष महाधिवेशनकै चर्चा छ।
पार्टी सभापति शेरबहादुर देउवालाई नै आज १ बजे हुने विशेष महाधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि बनाउने प्रयत्न आयोजकले गरे पनि देउवा सचिवालयले उक्त निम्तो अस्वीकार गरेको छ।
यता महाधिवेशन उद्घाटनका लागि मञ्च व्यवस्थापन, सजावट, आगन्तुक, प्रतिनिधि र नेता कार्यकर्ताका लागि कुर्सि र पण्डालको भव्य व्यवस्थापन गरिसकिएको छ।
केही जिल्लाबाट हिँडेका प्रतिनिधि अहिले बिहान काठमाडौं पुग्ने आयोजकले जनाएको छ।
विशेष महाधिवेशनबाट पार्टी फुट होइन, थप मजबुत भएर जाने र जानुपर्ने चाहना आम सुभेच्छुक र कांग्रेसीहरुको छ। विशेष महाधिवेनका पक्षमा कांग्रेसका पुराना नेता कार्यकर्ता पनि होमिएका छन्।
गगन थापा नेपाली काँग्रेस विशेष महाधिवेशन



