Logo
२५ वैशाख २०८३, शुक्रबार

कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०३:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस एउटा सभ्यता र संस्कृति पार्टी भएको बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै उनले यस्तो बताएका हुन्। उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए।

उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ। कांग्रेसलाई यथास्थितमा राख्न सकिन्न। नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो। यसलाई जोगाउनुपनुपर्छ। संस्कृति भनेको कसैको शिरमा टोपी छ की छैन, यसले केही मान्य राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो।’

उनले कांग्रेस नेतृत्वले पार्टीका सदस्यहरूलाई गर्ने व्यवहार भएको भन्दै यसलाई जोगाउनु नै अहिलेको चुनौती रहेको बताए। उनले कांग्रेसको साधारण सदस्यले पनि कांग्रेसको दीर्घ जीवनका लागि लोकतान्त्रिक पद्धति जोगाउनका लागि र कांग्रेसको सांगठनिक जीवनका लागि अनि नेपाली कांग्रेसको सुरक्षित भविष्यका लागि महत्वपूर्ण धेरै अर्थ राख्ने बताए।