Logo
२१ फागुन २०८२, बिहीबार

दुर्गा प्रसाईं पक्राउ

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला पक्राउ परेका हुन्।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ परेको पुष्टि गर्दै काठमाडौंबाट प्राप्त पक्राउ अनुमतिअनुसार पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका प्रसाईंलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )