

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ।
पुणे नजिकैको बारामती क्षेत्रमा अवतरणको क्रममा उनको विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स ले जनाएको छ। दुर्घटनापछि गम्भीर अवस्थामा उद्धार गरिएका पवारलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो।
विमानमा पवारसहित चार सुरक्षाकर्मी र एक पाइलट गरी छ जना सवार रहेको प्रारम्भिक जानकारी छ। पवार जिल्ला परिषद् निर्वाचनको प्रचारका लागि बारामतीतर्फ जाँदै थिए।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। सम्बन्धित निकायले घटनाको अनुसन्धान थालेको जनाइएको छ।





