Logo
१८ भदौ २०८३, बिहीबार

अछाममा बेहोस भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

अक्षरपाटी
२०८२ माघ १८ , आईतबार ०२:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संग चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार उनको मृत्यु भएको पुष्टि गरेको छ।

चिकित्सकका अनुसार, माघ १६ गते अछाममा अचानक बेहोस भएका सिटौला लड्दा टाउकोमा गम्भीर चोट लागेका थिए। उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो। अस्पतालले ब्रेन ह्यामरेजका कारण उनको मृत्यु भएको जनाएको छ।

नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्।

ट्रेन्डिङ ( साप्ताहिक )