Logo
१८ माघ २०८२, आईतबार

चालु आर्थिक वर्षको दोस्राे त्रैमासमा नबिलको नाफा करिब ४७ प्रतिशत वृद्धि

अक्षरपाटी
२०८२ माघ १५ , बिहीबार ०८:०१ मा प्रकाशित

काठमाडौं ।चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा ४६.७१ प्रतिशत बढेको छ।

गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस वर्ष साेही अवधिमा ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ ।

याेसँगै चालु आवको दोस्रो त्रैमासमा नबिल सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक बनेको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ गरेको छ।

गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.६१ प्रतिशत बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ, सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ।

३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख ५६ हजार रुपैयाँ रहेको छ।

नबिल बैंक