Logo
१८ माघ २०८२, आईतबार

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, तोलाकै तीन लाख ३९ हजार पुग्यो

अक्षरपाटी
२०८२ माघ १५ , बिहीबार ११:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९माघ १५० सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो ।

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ ।

हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

सुनचाँदी