

O दृष्या फुएल
मिर्मिरे कहिले चाहिँ मेरो थियो र?
म सूर्यको दीप डुब्ने समय कुरेर बसौँ
आकाशको ज्योती र अगेनाको आगोमा
पग्लिरहेको घ्यूमा म नचाहेरै आज विभेद गर्न खोज्दै छु
गुमेका मेरा अठोट नपाए पनि
ओराली लाग्दै गरेको मेरो यौवन मलाई अति प्रिय छ
बाउन्न वर्षकी भैसकेँ अब त उसलाई भुल्न
गगनका भूवा गन्न नपरोस्
आँखाबाट झार्ने मोतीको मोल र हिसाब राख्दा राख्दै
धड्कनको ताल आफ्नै हातले फेर्न नपरोस् !





