Logo
१८ माघ २०८२, आईतबार

मेरो यौवन मलाई अति प्रिय छ

अक्षरपाटी
२०८२ माघ १५ , बिहीबार ०९:०१ मा प्रकाशित

O दृष्या फुएल

मिर्मिरे कहिले चाहिँ मेरो थियो र?
म सूर्यको दीप डुब्ने समय कुरेर बसौँ

आकाशको ज्योती र अगेनाको आगोमा
पग्लिरहेको घ्यूमा म नचाहेरै आज विभेद गर्न खोज्दै छु

गुमेका मेरा अठोट नपाए पनि
ओराली लाग्दै गरेको मेरो यौवन मलाई अति प्रिय छ

बाउन्न वर्षकी भैसकेँ अब त उसलाई भुल्न
गगनका भूवा गन्न नपरोस्

आँखाबाट झार्ने मोतीको मोल र हिसाब राख्दा राख्दै
धड्कनको ताल आफ्नै हातले फेर्न नपरोस् !

कविता दृष्या फुएल
यो पनि हेर्नुहोस् : ठिहिरो !