Logo
२४ फागुन २०८२, आईतबार

जनताको घरदैलोमा प्रेम आले, यस्ता छन् चुनावी वाचा

अक्षरपाटी
२०८२ माघ २६ , सोमबार ०८:०२ मा प्रकाशित

धनगढी । पूर्वमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेम बहादुर आलेमगरले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री आलेले थारु समुदाय लक्षित चुनावी घरदैलो अभियानलाई पनि तीव्र पारेका हुन् ।

उनले चुनावी घोषणापत्र नै सार्वजनिक गर्दै थारु समुदायका विभिन्न मुद्दाहरु उठान गर्ने बाचा गरिरहेका छन् ।

सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरु प्रदान गर्न संघीय सरकार मातहत सञ्चालन गर्न व्यवस्था मिलाइने प्रतिवद्धता जनाएका उनले यहाँस्थित सिकलसेलका विरामीहरुको लागि छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइने एजेण्डा आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।

यहाँका भूमिहीन, सुकुमवासी, मुक्तकमैया र लालपुर्जा प्राप्त नगरेकालाई लालपुर्जा दिने, सुरक्षित आवास कार्यक्रम लागु गर्ने र अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँचको सुनिश्चितता गर्ने जनाएका छन् ।

थारु समुदायलगायत अन्य स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न साँस्कृतिक संग्राहलय निर्माणमा पहल गर्ने प्रतिवद्धता थारु समुदायका मतदाताहरुसँग गरिरहेका छन् ।

पूर्वमन्त्री आलेको चुनावी प्रतिवद्धता

१. लामो समय देखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हवको रुपमा विकास गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने ।

२. गेटामा रहेको धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५०० मिटर पुर्‍याई ठूला जहाज अवतरण योग्य बनाएर सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हवाई सेवाको पहँुचमा जोड्ने ।

३. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ३०० देखि ६०० सैय्याको अस्पताललाई यथासिघ्र संचालन गरी एमबीबीएसलगायतका विषयहरुको अध्ययन अध्यापनको सुरुवात गरेर सर्वसुलभ उपचारको व्यवस्था गरिनेछ ।

४. सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरु प्रदान गर्न संघिय सरकार मातहत संचालन गर्न व्यवस्था मिलाइनेछ । साथै सिकलसेलका विरामीहरुको निम्ती छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइनेछ ।

५. विगत लामो समयदेखि निर्माण सुरु भई पूर्णता प्राप्त गर्न नसकेको धनगढी–खुटीया–दिपायल–बझाङ–चैनपुर हुदै उरै भञ्ज्याङ्ग सम्मको भारत–नेपाल–चीन जोड्ने त्रिदेशिय सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराई यस क्षेत्रमा आर्थिक तथा धार्मिक गतिविधि बढाईनेछ ।

६. मोहना, खुटीया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेती योग्य जमिन तथा बस्तीहरुलाई सुरक्षित बनाउन ग्रिनरी सहितको दिर्घकालिन तटबन्धन निर्माण गरी धनगढी क्षेत्रको डुवान समस्याको समाधान गरिनेछ ।

७. लागूऔषध दुव्र्यसनको कुलतमा फसेका बालबालिकालाई पुर्नस्थापना, सचेतना र रोजगारका कार्यक्रमसंग जोडिनेछ । साथै लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न नेपाल–भारत खुला सिमामा कडाई गरेर नियन्त्रण गरिनेछ ।

८. ग्रामीण सडकहरुको स्तरोन्नती गर्ने, भादा घुरही नदीमा पक्की पुल, गदरिया सिमराना जोड्ने घुराहा नदीमा पक्की पुल, शिवगंगा डुमलिया जोड्ने पक्की पुल लगायत नदीहरुमा पुल निर्माण गरिनेछ । साथै ध.उ.म.न.पा. वडा नं. ३ मा निर्माणको लागि DPR/IEE भैसकेको प्रादेशिक बसपार्क निमार्णलाई कार्यान्वयनको चरणमा लगिनेछ ।

९. यस क्षेत्रका विदेश तथा स्वदेशमा काम गर्न जाने युवाहरुलाई लक्षित गरेर प्राविधिक शिक्षा, सिप सिकाई र रोजगारमुखी तालिम दिएर युवालाई सक्षम बनाउने प्रदेश स्तरीय सिप तालिम केन्द्रको स्थापना गरी युवालाई स्वरोजगार उन्मुख बनाउने ।

१०. धनगढी वडा नं. ७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।

११. भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुर्जा प्राप्त नगरेकालाई लालपुर्जा दिने, सुरक्षित आवास कार्यक्रम लागु गर्ने र अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँचको सुनिश्चितता गर्ने ।

१२. किसानलाई कृषि उत्पादनमा आधुनिक प्रविधिसंग जोड्ने, सिचाईको व्यवस्थापन गर्ने र मल विउविजनको सहज उपलब्धता सुनिश्चित गर्ने ।

१३. महिला सशक्तिकरण गर्न महिलालाई राजनिती, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वमा अगाडी ल्याउन उद्यमशीलता, सुरक्षा र सम्मानजनक जीवनको सुनिश्चितता गर्ने ।

१४. राज्यबाट पछाडी पारिएको दलित समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मानको सुनिश्चितता गर्ने ।

१५. थारु समुदाय लगायत अन्य स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न साँस्कृतिक संग्राहलय निर्माणमा पहल गरिनेछ ।

१७. उद्योग, व्यापार र रोजगारीका लागि साना तथा मध्यम वर्गको उद्योगको प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता गरिनेछ ।

१८. सामाजिक सेवा र मानव कल्याणका लागि बृद्धाश्रम, अनाथालय र अपाङ्गता सेवा केन्द्रहरुलाई राज्यबाट आर्थिक तथा अनुदान सहायता गराई जिम्मेबार बनाउने कामको लागि पहल गरिनेछ ।

१९. सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीहरुको गुणस्तरमा सुधार गर्न पुर्वधार निर्माण, डिजिटल शिक्षा र प्रविधिक शिक्षाको लागि राज्यको लगानी र सहायताको सुनिश्चितता गर्ने ।

२०. धनगढी चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गरिनेछ ।

साझा विकास सबको साथ । नया सोच नयाँ अठोट ।। तारा चिन्हमा भोट ।।।

प्रेम बहादुर आले मगर
प्रतिनीधि सभा सदस्य उम्मेदबार, कैलाली क्षेत्र नं. ५
नेपाली कम्युनिष्ट पार्टी
मोबाईल नं. ९८५१०३१२८७