Logo
२४ फागुन २०८२, आईतबार

आनन्दको हातमा डायरी, मनमा जिम्मेवारी

अक्षरपाटी
२०८२ माघ २८ , बुधबार ०६:०२ मा प्रकाशित

० अक्षरपाटी संवाददाता/कैलाली

अत्तरिया। ‘चुनाव आउँछ। लावालस्कर लगाउँछ। नेता गाउँ पस्छ। भाषण ठाेक्छ। आफ्ना कुरा सुनाउँछ। हात हल्लाउँछ। फर्कन्छ’ प्राय: चुनावताका देखिने दृश्य यस्तै हो।

तर जेनजी आन्दोलनपछि हुन गइरहेको आसन्न फागुन २१ को निर्वाचनमा प्राय उम्मेदवारमा उती तडकभडक देखिँदैनन्, जति विगतका निर्वाचनमा देखिन्थ्याे।

कैलालीको क्षेत्र नम्बर ४ मा भने भने अलि फरक दृश्य देखिने गरेको छ। विशेष गरि नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गाेरखबहादुर बिष्ट ‘आनन्द’ उम्मेदवारी दर्ता गराएदेखि निरन्तर जनताको घरदैलाेमा छन्।

प्राय: उही पहिरन र हरेक क्षण हातमा डायरी लिएर उनी गाउँगाउँमा पुग्छन्। फरक फरक समुदायका टाेलटाेलमा टेक्छन्। उँचाे स्वरले भाषण गर्दैनन्, मन्द हासेँर जनताका गुनासाे सुन्छन्, आफै त्यही डायरीमा टिप्छन्।

नयाँ पुस्ताको परिवर्तको चाहना मनन गरेर पनि होल उनी निकै जिज्ञासु, शान्त, धैर्यशील र मन्द मुस्कुराएर संयमतापूर्वक कुरा सुन्छन्। बुज्रुक, बालबालिका र फरक क्षमताका नागरिकप्रति उनी झन धेरै सम्मानपूर्वक प्रकट हुन्छन्।

धेरै स्थानमा पटकपटक उम्मेदवार भइसकेका, चुनिएर गएका पुरानो पुस्ताका नेताले त कैयाैँ प्रश्नको ठाडाे सामना समेत गरिरहनुपरेकाे छ।

अझ मन्त्री र प्रधानमन्त्री भइसकेकालाई त जनताले ‘वितमा गरेनाै, अब गर्छाै भनेर कसरी पत्याइदिने ?’ भन्दै नाजवाफ बनाएका दृश्य छरपस्ट भइरहेका छन्।

तर आनन्दले त्याे अवस्था सामना गर्नुपरेको छैन। बरु स्थानीय समुदायले उनलाई आफ्नाे सँस्कृतिअनुसारको साँस्कृतिक झाँकी वा नृत्यसहित स्वागत गर्न आइपुग्छन्। कहीँ डेउडा त कहीँ थारु समुदायकाे सखिया वा कतै रानाहरुको होरी नाचले उनलाई स्वागत गर्ने गरेका छन्।

यसो किन त ? युवा उम्मेदवार आनन्दले अक्षरपाटीसँग भने, ‘सायद म टेस्टेड नभएर होला !’

उनले प्रस्टयाउँदै भने, ‘मैले चुनावका लागि जनतामाझ आउँदै गर्दा पहिलाे दिन नै भनेकाे थिएँ, म अरुको आलाेचना गरेर, अरुका कमजाेरी देखाएर नेता बन्न आएको हाेइन, मेरो विवेक, बरकत, अनुभव, क्षमता र युवा जाेश लिएर राजनीतिमार्फत समाज बदल्ने संकल्प लिएर आएको हुँ। सायद जनतालाई ममाथि भराेसा छ र यो सबै स्नेह पाइरहेको छु।’

चुनावी अभियानका क्रममा मंगलबार गोदावरी नगरपालिका ८ जोनापुर टोलमा पुग्दा उनलाई स्थानीय भव्य स्वागत गरे। नेता बिष्ट पनि उनीहरुसँगै नाचिदिए। जनताका कुरा सुने, डायरीमा टिपे। वचन दिए- ‘म यहाँहरुका आवाज परिणाम दिनेगरी बोकेर जानेछु।’

लगत्तै उनी गोदावरी नगरपालिका ९ सेहरी टोल पुगे। मुसुक्क हास्दै जनताका आवाज सुने, समस्या, गुनासा र सुझावकाे माला डायरीमा उइने।

गोदावरी नगरपालिका वडा न ८ श्रीपुरमा त समाजसेवी बिष्णुदत्त पन्तसहित ६ जनाले आनन्दको नेतृत्वप्रति आफूहरु विश्वस्त भएको भन्दै नेपाली कांग्रेस नै प्रवेश गरे।

आनन्दले उनीहरुलाई अबिर लगाए, फूल दिएर पार्टीमा स्वागत गरे। यही उत्साह उनले गोदावरी नगरपालिका ८ जोनापुरमा पाए। युवा समाजसेवी श्रबण चौधरीसहित १० जना त्यहाँ पनि पार्टी प्रवेश गरे।

देश-विदेशको अनुभव भएको। पुरानाको सम्मान र नयाँ पुस्ताको आवाज बन्नसक्ने नेतृत्व आनन्द बिष्ट लागेर आफूहरु पार्टीमा लागेकाे उनीहरुले बताए।

आनन्द बिष्ट कैलाली निर्वाचन नेपाली काँग्रेस