Logo
२४ फागुन २०८२, आईतबार

काठमाडौं ७ का जनताको सुख दुःखमा सँगै उभिन्छु : बिमला लामा

अक्षरपाटी
२०८२ माघ २८ , बुधबार ०७:०२ मा प्रकाशित

काठमाडौं। उज्यालो नेपाल पार्टीबाट काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवार बनेकी बिमला लामाले जनताको सुख, दुःखमा सँगै उभिने बताएकी छन्।

लामो समय कोरिया बसेर एक कुशल उद्यमीहुँदै राजनीतिमा होमिएकी बिमलाले समाजसेवा र राजनीतिलाई भिन्दा भिन्दै ढंगले अघि बढाउने बताएकी छन्।

आफ्ना विभिन्न व्यवसायका अलावा सामाजिक र राजनीतिक हिसाबले आफ्नो जिम्मेवारी लिन अग्रसर भएको सुनाइन्।

लामा भन्छिन्म, ‘ठूला र चिप्ला कुरा गरेर बस्दिन। आम जनताका साना साना कुराहरुमा साथ दिन, विकाश निर्माण काममा आम जनतासँग सँधै रहने बाचा गर्छु।’

उनी यतिबेला घरदैलोलो अभियानमा छिन्। बिमलाको निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन्।

महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपी, धोबीचौर, ठहिटी, भुरुङखेल, ढल्को, नरदेवी, न्ह्यौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिका–३, ४ र ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिका–१, २ र ३ का रानीवन, ठूलो भ¥याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन्।

जसमध्येका आधा भन्दा धेरै स्थानीयको घरमा पुगिसकेको बिमला बताउँछिन्।

काठमाडौं क्षेत्र नं ७ मा बिमलाको प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठसँग हुनेछ।

उज्यालो नेपाल निर्वाचन बिमला लामा